Updates on damage due to Storm in Bara, Parsa 1 April 2019 Monday (As of 6:45 am)

प्रेस विज्ञप्ती

काठमाण्डौ, चैत्र १८

तराईको बारा र पर्सा जिल्लामा हिजो आएको हावा हुरीबाट हालस्म्म २७ जनाको मृत्यु भइसकेको छ । नारायणी उपक्षेत्रीय अस्पतालका डा उदय सिंहले दिएको जानकारी अनुसार ४०० जना घाइते भएका छन् । घाइतेहरुको नारायण्ी उपक्षेत्रीय अस्पताल लगायत नेशनल मेडिकल कलेज,तराई अस्पताल विरगंज,कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, विरगंज हेल्थ केयरमा उपचार भइरहेको छ ।