First National Conference on Post Hospital Care for Emergencies in Nepal

  |

25 – 26 October, 2018 (8 – 9 Kartik, 2075)

आपतकालिन स्वास्थ्य तथा विपद् व्यस्थापन सम्वन्धी दुई दिने राष्ट्रिय गोष्ठी शुक्रबार राजधानीमा सम्पन्न भएको छ । “नेशनल कन्फ्रेन्स अन पोष्ट हस्पिटल केयर फर ईमर्जेन्सी इन नेपाल” नाम दिइएको सो गोष्ठी हब–हस्पीटल पूर्वतयारी कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र ह्युमानीटी एण्ड ईन्क्लुजनको संयुक्त तत्वावधानमा आयोजना भएको हो ।

बिशेषतः स्वास्थ्य तथा विपद् व्यबस्थापनका क्षेत्रमा क्रियाशिल सरकारी, गैरसरकारी, निजी तथा अन्य संस्थाका झन्डै २ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले भूकम्प तथा ठूला बाढी पहिरो जस्ता विपद्का बेला गर्नुपर्ने कार्यका बारेमा सरोकारवाला नीकाय र संस्थाका प्रतिनिधिहरुबीच भएको छलफल फलदायी हुने बताए । गोष्ठीमा उनले विगतका विपद् सम्वन्धी कार्यको समिक्षा गर्दै भविष्यमा हुनसक्ने विपद् व्यवस्थापनलाई चुस्त राख्न सम्बन्धित निकायहरू बीचको सहकार्य र समन्वय अपरिहार्य भएको उल्लेख गरे । गोष्ठीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। सुशील प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, तथा विश्व स्वास्थ्य संगठन, ह्युमानीटी एण्ड ईन्क्लुजन, नेपाल रेडक्रस, नेपाल फिजियोथेरापी असोसीसन लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न अस्पतालका विपद् व्यवस्थापन इकाई सम्हालेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ-आफ्ना प्रस्तुति गरेका थिए । बक्ताहरुले शारीरिक पुनर्स्थापना तथा फिजियोथेरापी सेवाको आपतकालीन स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण भुमीकाहुनेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख चुडामणी भण्डारीले यस खालको गोष्ठी नेपालमै पहिलो पटक भएको र यसले भविष्यमा हुनसक्ने विपद् व्यवस्थापनमा मार्ग निर्देशन गर्ने बताए । उनले विपद्का बेला आइपर्ने कठिनाई र गर्नुपर्ने कार्यका बारेमा सम्वन्धित सरोकारवाला पक्षसंग छलफल हुने उल्लेख गर्दै कार्यक्रमको अन्तमा भण्डारीले निकट भविष्यमा आफू प्रदेश तथा स्थानीय स्तरमा उपलब्ध स्वास्थ्य ब्यबस्थाको भ्रमण अध्ययन गरी आपतकालीन सेवाप्रवाहमा आवश्यक सुधार तथा विस्तारमा लाग्ने जानकारी दिए ।

Source: fewatimes.com