Update on Mahottari Diarrhoeal Disease 27 SEP 2018

महोत्तरी जिल्लाको जलेश्वोर नगरपालिका वडा न. १२, नैनहीमा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन

§ अश्विन २ गते देखी आज अश्विन ११ गते सम्म परिचालित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा आवश्यक औषधिका साथ प्रकोप नियन्त्रण तथा व्यवस्थापन कार्य गरी जम्मा ३०१ जना झाडापखाला बिरामीहरुको उपचार गरेको जस मध्ये जम्मा ५५ जनाको उपचार IV Fluids बाट उपचार गरिएको ।
§ आज अश्विन ११ गते बेलुका देखि संचालित स्वास्थ्य शिविर बन्द गरिएको ।

§ भोलि अश्विन १२ गते देखि झाडापखाला बिरामीहरुको उपचार नैनही स्वास्थ्य चौकीमै हुने गरी व्यवस्था मिलाइएको ।

§ अश्विन ७ गते एक ६० वर्षिय महिलालाई झाडापखाला भई सोही दिन शिविरबाट जिल्ला अस्पताल लगिएको । निजलाई दम तथा उच्च रक्तचाप समेत भएकोले थप उपचारका लागि अश्विन ८ गते जनकपुर अंचल अस्पताल प्रेषण गरिएको । अश्विन ९ गते उपचारको क्रममा सो महिलाको जनकपुर अंचल अस्पतालमा मृत्यु भएको ।

§ भाद्र ३० गते अस्पताल लैजाने क्रममा जलेश्वोर नगरपालिका वडा न. १२, नैनही बस्ने ४ वर्षकी एक बालिकाको झाडापखालाको कारणले मृत्यु भएको । हाल सम्म २ जना को मृत्यु भएको ।

§ यस महाशाखाबाट आज अश्विन ११ गते इपिडेमियोलोजी शाखा प्रमुख डा प्रकाश शाहको नेतृत्वमा टोली प्रभावित स्थानमा गई महामारी प्रतिकार्य तथा व्यवस्थापन कार्य सुरु गरिसकेको ।

§ प्रभावित ठाँउहरुबाट संकलन गरिएको पानी र दिसाको नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा:

– ५ वटै दिसाको नमूनामा हैजा, आँउ र टाईफाइडको विषाणु/जीवाणुहरु नदेखिएको ।

– पानीमा coliform र Faecal E.coli देखिएको ।

– एक व्यक्तिको दिसाको (Routine Examination) परिक्षण गर्दा जुकाको अन्डाहरु (Ova of Ascaris) भेटिएको ।

§ जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरी, जलेश्वोर नगरपालिका र अन्य सरोकारवालाहरुबाट प्रभावित क्षेत्रमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिईरहेको ।

§ प्रभावित क्षेत्रको १४ बर्ष भन्दा माथिका महिलाहरुलाई Hygiene Kit र बाल्टिन वितरण गर्नुको साथै प्रभावित क्षेत्रमा झाडापखालाको रोकथामका उपायहरु बारे सूचना, सन्देशहरु प्रवाह लगायतका WASH (Water Sanitation and Hygiene) activities हरु निरन्तर रुपमा संचालन भईरहेको ।

§ महोत्तरी जिल्ला स्वास्थ्य कार्यालय र RRT फोकल पर्सनसंग निरन्तर सम्पर्क भईरहेको ।

Source: http://www.edcd.gov.np/