news & updates

news & updates

Dissemination of the Public Health Emergency Management directive and HEOC SOP

dissemination of the Public Health Emergency Management directive and HEOC SOP

Dissemination of the Public Health Emergency Management directive and HEOC SOP

July 10, 2025

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्रीस्तरबाट मिति २०८२/०३/१३ मा स्वीकृत "जनस्वास्थ्य आपत्काल व्यवस्थापन निर्देशिका, २०८२" तथा "स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२" को सार्वजनिकरण कार्यक्रम आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको HEDMU को आयोजनामा, तथा विश्व स्वास्थ्य संगठन, नेपाल र यूरोपेली संघ (EU) को सहयोगमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीमान् डा. विकास देवकोटाज्यूले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा अतिथिका रूपमा गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री श्री कृष्ण प्रसाद पाठकज्यू, लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री श्री खेम बहादुर सारुज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्री डिल्लीराम शर्माज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं प्रमुख HEDMU/HEOC डा प्रकाश बुढाथोकीज्यू, विश्व स्वास्थ्य संगठन, नेपालका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवज्यू लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, तथा प्रदेश अन्तर्गतका स्वास्थ्य हेर्ने मन्त्रालय, अन्तर मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभागका महानिर्देशकहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), मन्त्रालयका विभिन्न महाशाखा तथा केन्द्रका निर्देशक तथा प्रमुखहरू, प्रदेश स्वास्थ्य निर्देशनालय, सुरक्षा निकाय, नगरपालिका तथा गाउँपालिका संघ, प्रादेशिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (PHEOCs), मानवीय सहयागी संस्था तथा दातृ निकायका प्रतिनिधिहरू गरी १२० भन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा निम्न दस्तावेजहरू सार्वजनिक गरिएका छन्:-
१. जनस्वास्थ्य आपत्काल व्यवस्थापन निर्देशिका, २०८२
२. स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२
३. स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन स्मारिका, २०८२
४. Report of Functional Assessment of Health Facilities using HeRAMS
५. Report of Hospital Safety Assessment
यी सबै दस्तावेजहरू तथा अन्य आपतकालीन तथा विपद् व्यवस्थापनसम्बन्धी सामग्रीहरू heoc.mohp.gov.np वेब पोर्टलमा उपलब्ध छन्।

other news

जेन-जी (Zen-Z) आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूको विवरण (जम्मा २६३८ जनाको विवरण)

news & updates

जेन-जी (Zen-Z) आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूको विवरण (जम्मा २६३८ जनाको विवरण)
Press Release - Nipah Virus

news & updates

Press Release - Nipah Virus
जेन जी आन्दोलनको क्रममा घाइते भई उपचाररत घाइतेहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न अस्पतालहरूबाट प्राप्त विवरण

news & updates

जेन जी आन्दोलनको क्रममा घाइते भई उपचाररत घाइतेहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न अस्पतालहरूबाट प्राप्त विवरण
एम्बुलेन्स र शववाहनको विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरूरी सूचना !!!

news & updates

एम्बुलेन्स र शववाहनको विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरूरी सूचना !!!