Organogram

Ministry of Health and Food Safety Organogram

Health Emergency and Disaster Management Unit

Terms of Reference (ToR) 
  • जनस्वास्थ्य आपतकाल र विपद्को अवस्थामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सचिवालयको रूपमा कार्य गर्ने।
  • जनस्वास्थ्य आपतकाल र विपद्को पूर्व तयारी तथा प्रतिकार्यको लागि सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्ने।
  • जनस्वास्थ्य आपतकाल र विपद्को पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित कार्यको लागि गृह मन्त्रालय लगायत अन्य सम्बन्धित निकायहरूसँग स्वास्थ्य क्षेत्रको सम्पर्क विन्दुको रूपमा कार्य गर्ने।
  • जनस्वास्थ्य आपतकालीन तथा विपद्को अवस्थामा राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायत अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरी द्रुत प्रतिकार्य गर्ने।
  • प्रदेश तथा स्थानीय तहसँग जनस्वास्थ्य आपतकालीन तथा विपद् सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्यको केन्द्रीय सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने।
  • जनस्वास्थ्य आपतकाल र विपद् पूर्वतयारी तथा प्रतिकार्य गर्न सहयोगी अन्तर्राष्ट्रिय निकाय, गैरसरकारी एवम् सरोकारवाला संघसंस्थाहरूसँग समन्वय गरी आवश्यक सहयोग परिचालन गर्ने (Health Cluster Lead) तथा हब र स्याटेलाइट अस्पताल सञ्चालनलाई अझ प्रभावकारी बनाई सेवा प्रवाह सहज बनाउन सहकार्य गर्ने।
  • एम्बुलेन्स सेवा सम्बन्धी सम्पूर्ण कार्यहरू समन्वय तथा व्यवस्थापन गर्ने।
  • जनस्वास्थ्य आपतकाल र विपद् सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्यका कामहरूमा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूसँग समन्वय तथा सहकार्य गर्ने।
  • जनस्वास्थ्य आपतकाल र विपद् सम्बन्धी सूचना व्यवस्थापन गर्ने।
  • जनस्वास्थ्य आपतकालीन तथा विपद्को पूर्वतयारीका लागि समुदाय, पूर्व-अस्पताल, अस्पताल तथा अस्पताल-पश्चात् स्वास्थ्य सेवा सम्बन्धी कार्यहरू गर्ने।
  • जनस्वास्थ्य आपतकालीन तथा विपद् प्रतिकार्यमा आवश्यक हुने आपतकालीन स्वास्थ्य सामग्री भण्डारण स्थापना तथा परिचालन सम्बन्धी कार्यहरू गर्ने।
  • स्वास्थ्य आपतकालीन तथा विपद्का लागि मापदण्ड निर्धारण तथा क्षमता विकास गर्ने।
  • अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (IHR 2005) अनुसार स्वास्थ्य आपतकालीन व्यवस्थापनका मुख्य क्षमताहरू (Core Capacities) मा कार्य गर्ने।