news & updates

news & updates

Capacity Building on Health Emergency Operation Center Workforce

29 July 2025 - 01 August 2025

Capacity Building on Health Emergency Operation Center Workforce

August 01, 2025

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको HEDMU को आयोजना तथा विश्व स्वास्थ्य संगठन HQ, दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय (SEARO) र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र यूरोपेली संघ (EU) को सहयोगमामा नेपालमा पहिलो पटक Capacity Building Training for the Health Emergency Operation Center (HEOC) Workforce को ४ दिने तालिमको आज सम्पन्न भएको छ ।
समापन सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, Dr Allison Gocotano (Team Leader, WHO-WHE), WHO HQ बाट Dr Sugi Perera, Dr Sourabh Sinha को समापन सत्रमा उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरू, प्रदेश स्वास्थ्य तालिम केन्द्रहरू, मन्त्रालय, केन्द्र तथा स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखाहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र विश्व स्वास्थ्य संगठनबाट आएका ५० भन्दा बढी सहभागीहरू सम्मेलित चार दिने तालिम आज समापन भएको छ ।
उक्त कार्यक्रम HEOCs संजालको समन्वय, व्यवस्थापन, आपतकालीन सञ्चार, सूचना प्रवाह, स्रोत साधन परिचालन, र संचालन प्रक्रियामा सीप सुदृढ गर्दै स्वास्थ्य आपतकालमा सबै तहमा प्रभावकारी र एकीकृत प्रतिकार्यलाई सक्षम बनाउने रहेको छ ।
युरोपियन आयोगको सहयोगमा सञ्चालित यो तालिमले नेपालको स्वास्थ्य आपतकालीन प्रणाली सुदृढ पार्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा समन्वय सुधार, सूचनाको प्रभावकारी प्रवाह, र क्षेत्रीय घटना प्रतिकार्य तथा अस्पताल-आधारित सेवाबीचको अन्तर हटाउने कार्यमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

other news

एम्बुलेन्स र शववाहनको विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरूरी सूचना !!!

news & updates

एम्बुलेन्स र शववाहनको विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरूरी सूचना !!!
प्रेस विज्ञप्ति - जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धमा

news & updates

प्रेस विज्ञप्ति - जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धमा
सम्भावित जोखिमका लागि तयारी अवस्थमा रहने सम्बन्धमा

news & updates

सम्भावित जोखिमका लागि तयारी अवस्थमा रहने सम्बन्धमा
दशैं विदाको दिनमा खटिनुहुने कर्मचारीको विवरण |

news & updates

दशैं विदाको दिनमा खटिनुहुने कर्मचारीको विवरण |